Tilottama-02, Rupandehi, Nepal

Khanepani logo
logo

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था

एक परिचय

.

Our Story

चुरे पर्वत श्रृङखलाको करिव आठ किलोमिटर दक्षिण तर्फ भावर क्षेत्र अन्तरगत पर्ने लुम्विनी प्रदेश रुपन्देही जिल्लाको व्यापारिक एव भौगोलिक दृष्टिले केन्द्र मानिएको बुटवल नगरपालिका र सिद्धार्थनगर नगरपालिका बिचमा रहेको सिद्धार्थ राजमार्गसंग जोडिएको तिलोत्तमा नगरपालिकाको वडा नं २ मा कार्यालय रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देशकै नमुना खानेपानीको रुपमा रहेको छ ।


यो संस्थाको इतिहासलाई कोट्याउदा आ.व २०३९।२०४० मा तत्कालिन श्री ५ को सरकारबाट योजना स्विकृत भई आ.व २०४१।०४२ मा सम्पन्न गरि धारा बितरण सुरु भएको थियो पछि सरकारले योजना उपभोक्ताहरुलाई हस्तान्तरण गर्ने निति लिए अनुरुप २०५६ साल बैसाख २३ मा जिल्ला जलश्रोत समितिमा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नाममा दर्ता गरि ०५६ श्रावणदेखि विधिवत रुपमा योजना उपभोक्ता समितिबाट संचालन सुरु गरियो ।


संस्था तत्कालिन श्री ५ को सरकारबाट हस्तान्तरण हुदा भौतिक सम्पत्तिको रुपमा ४ लाख पचास हजार लिटर को ओभरहेड टंकी एक, बिभिन्न साइजका २२।१ किलोमिटर पाईलाईन ,निजी धारा ४५९ सामुहिक धारा ११८ र सार्बजनिक धारा ३२ वटा रहेका थिए भने ३५ लि.प्रतिसेकेण्ड र १५ लि प्रति सेकेण्ड पानी उत्पादन गर्ने चालु अवस्थाका बोरिङ्ख २ वटा रहेका थिए ।


यो संस्थाको बिधानमा संस्थाको सेवा क्षेत्र ८ वटा र व्लक सख्या १०३ बटा कायम गरिएको छ । यस मध्येबाट १५ जनाको कार्यसमिति रहनेछ । कार्यसमिति सदस्य सेवा क्षेत्र भित्रका ब्लक प्रतिनिधिबाट निर्वाचित हुनुहुनेछ भने ४ जना पदाधिकारी र ३ जनाको आन्तरिक लेखा सुपरिवेक्षण समिति पुरै १०३ जनाबाट निर्वाचित हुने व्यावस्था रहेको छ । ३ जना कार्यसमिति सदस्य ३३ प्रतिशत महिला अनिवार्य हुने गरि मनोनित गरिनेछ । संस्थाको अध्यक्ष संस्थाको कार्यकारिणी प्रमुख रहने ब्यावस्था रहेको छ ।


यस संस्थाको उदेश्य उपभोक्ताहरुलाई स्वच्छ ,सफा , सुलभ र सुपथ मुल्यमा चौबिसै घण्टा पानी उपलब्ध गराउनु हो । यो संस्थाले ,कहिले काही हुने बिधुतिय गड्बढी वा भौतिक संरचनामा ठुलो क्षति हुन गएमा सेबा क्षेत्रमा सात वटा बोरिङ्ख गरेर हेण्डपम्प जडान गरी उपभोक्तालाई बैकल्पिक पिउने पानीको ब्यावस्था गरेको छ । संस्थाले २०८१ मा आफ्नो रजत महोत्सब भब्य र सभ्य रुपमा सम्पन्न गरि रजत स्मारिका समेत प्रकाशन गरेको छ ।


संस्थाले नाम अनुसार खानेपानी र सरसफाईलाई एकसाथ अगाडि बढाउदै गईरहेको छ । सरसफाईको लागि नगरपालिका ,टोल बिकास संस्था र पार्षद सदस्यहरु सग आवश्यक समन्वय गरि काम गर्दै आईरहेको साथै सरसफाईको लागि चाहिने टेक्टर खरिदको लागि आर्थिक सहयोग ,डष्टविन , झाडि काट्ने मेसिन ,पन्जा माक्स आदि चाहिने सामाग्रीहरु प्नि बितरण गर्दैै आइरहेको छ । संस्थामा रहेको पानी परिक्षण प्रयोगशालाबाट संस्थाको आफ्नो र बाहिरबाट परिक्षणको लागि ल्याईएको पानी सशुल्क रुपमा परिक्षण गर्ने ब्यावस्था छ । यो संस्थाले उपभोक्ता लाई गुणस्तरिय पानी बितरण गरेवापत पटक पटक खानेपानी तथा ढल व्यावस्थापन बिभागबाट उत्कृष्टताको प्रमाणपत्र हात पार्न सफल भएको छ ।

Our Commitment to Quality

.

Our Service

Ensuring water and sanitation facilities in rural areas. State governments are empowered to plan, approve, implement and implement rural water supply projects.

चुहावट मर्मत , गेटभल्भ मर्मत तथा अन्य

चुहावट मर्मत , गेटभल्भ मर्मत तथा अन्य

चुहावट मर्मत , गेटभल्भ मर्मत तथा अन्य

मिटर ठाँउसारी

मिटर ठाँउसारी

मिटर ठाँउसारी

Hole Change

Hole Change

होल चेञ्ज

Call Us

071437986

Address

Tilottama-02, Rupandehi, Nepal, Butwal

logo

Sankarnagar Water Supply provides clean and reliable drinking water to local residents, ensuring sustainable water management and access for households in the region.

Useful Links

Our Members

Stay Updated

Subscribe to our newsletter for exclusive offers, the latest news, and updates straight to your inbox.

© 2026Shankarnagr Khane pani. All rights reserved.

Powered By :ARIBT